विरौटाको कारवासबाट ४ जुवाडे पक्राउ
पाेखरा | बैशाख १०, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १७ विरौटास्थित स्टार कारवासको छाप्रोमा जुवातास खेलिरहेका ३८ वर्षीय भिम बहादुर बिकसहित ४ जनालाई गएराती पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक तास बरामद गरेको छ ।
सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

